Shadow

Author: दिक्षिता

अबको सत्ताले गर्विलो कलासाहित्यको उच्च सम्मानका साथ समृद्धिको यात्रा तय गरोस् …!

अबको सत्ताले गर्विलो कलासाहित्यको उच्च सम्मानका साथ समृद्धिको यात्रा तय गरोस् …!

कला/साहित्य
धैर्यको बाँध टुटेपछि उज्यालोको आसमा मौन बसेको चेतन शक्ति पनि भेलबाढी बनेर बग्दो रहेछ भन्ने सत्यको प्रामाणिक पहेलीका हामी सबै साक्षी हौँ । यसमा नेपाल आमाले गत भदौ २३ र २४ गते ७५ जना डिजिटल युगका होनहार युवाहरू गुमाउनुपर्‍यो । आफ्नो डिजिटल अधिकार नखोसियून र भ्रष्टाचारहीन रोजगारीयुक्त सुशासन कायम होस् भन्ने माग राख्दै अघि बढेका युवाहरूको हुङ्कारसामु सत्ता नै घुँडा टेक्न बाध्य बन्यो र देशको शासन व्यवस्थामा दुई दिनमै कायापलट भयो जो विश्वइतिहासमै चामत्कारिक नौलो घटना बन्यो । यद्यपि यसबेला बगेको भेलमा हुन सक्छ, बिचैबाट मिसिएको आगोको बाढीले सिंहदरवारजस्तो ऐतिहासिक धरोहर, अदालतजस्तो भौतिक संरचनासहित त्यहाँको संवेदनशील दस्ताबेजसँगै अन्य थुप्रै भौतिक संरचनाहरू तहसनहस बनायो । मौकामा चौका हान्दै अपराधीहरू जेल तोडेर भागे जसले गर्दा देशको अन्तर्राष्ट्रिय छवि केही हदसम्म धमिलिन पुग्यो । फेरि पनि लुटेराले ...
बजेटमा पूँजीबजार चाहन्छ : पूँजीगत लाभकर नै अन्तिम हुने घोषणा

बजेटमा पूँजीबजार चाहन्छ : पूँजीगत लाभकर नै अन्तिम हुने घोषणा

अर्थ
आगामी बजेटमा सेयर कारोबारको पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न लगानीकर्ताहरूले सरकारसँग माग गरेका छन् । नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी विदेशी रणनीतिक साझेदार भित्र्याउन सरोकारवालाहरूले जोड दिएका छन् । गैरआवासीय नेपालीको लगानी सहजीकरण र ठूला कम्पनीलाई सेयर बजारमा सूचीकरण गर्न सुझाव दिइएको छ । १२ जेठ, काठमाडौं । पूँजीबजारका अपेक्षा बजेटमा सम्बोधन हुने, तर व्यवहारमा काम नहुने परम्परा वर्षौंदेखि चलिरहेकै छ । बजेट सार्वजनिक गर्ने दिन १५ जेठ नजिकिँदै गर्दा सेयर बजारका अपेक्षा फेरि सल्बलाएका छन् । बजेट आउनुभन्दा केही दिनअघिदेखि सेयर बजारले पनि सकारात्मक प्रतिक्रिया जनाउने गर्दछ, तर बजेटले बजारका माग सम्बोधन नै नगर्ने र गरे पनि कार्यान्वयन नहुने तारन्तारको समस्याका कारण बजारको वृद्धि पनि क्षणिक हुने गरेको छ । यसपटक विगतका बजेटमा पनि नसमेटिएको एउटा विषय अहिले ...
मधेश सरकार : स्वास्थ्यमन्त्रीबाट जंगीलाल राय हटाइए, नरेन्द्र साह नियुक्त

मधेश सरकार : स्वास्थ्यमन्त्रीबाट जंगीलाल राय हटाइए, नरेन्द्र साह नियुक्त

समाचार
१२ जेठ, जनकपुरधाम । नेपाली कांग्रेसको अनुशासन समितिबाट स्पष्टीकरण सोधिएका जंगीलाल रायलाई मधेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट हटाइएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज गरेको मन्त्री परिषद् पुनर्गठन तथा विस्तारको क्रममा रायलाई हटाएका हुन् ।रायको ठाउँमा कांग्रेसबाटै नगेन्द्र साहलाई स्वास्थ्यमन्त्री नियुक्त गरिएको छ । साह रौतहटबाट निर्वाचित सांसद हुन् । उनले आजै नवनियुक्त मन्त्रीहरूसँगै पद तथा गोपनियताको शपथ लिएका छन् ।चुनावमा चलखेल गरेको भन्दै केही समयअघि मात्रै मन्त्री रायसँग कांग्रेसको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो ।...
मध्यपूर्व तनाव कम हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

मध्यपूर्व तनाव कम हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

विश्व
  काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी अधिकारीहरुले शान्ति वार्तामा प्रगति भइरहेको जानकारी दिएपछि सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । पश्‍चिम एशिया क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने चर्चासँगै मूल्य घटेको हो । सोमबार एक समय वेस्ट टेक्सास कच्चा तेल घटेर ९१.२५ अमेरिकी डलरमा कारोबार भयो । जो झन्डै ५.५३ प्रतिशतको गिरावट हो । त्यस्तै ब्रेन्ट कच्चा तेल पनि  एक समय  ९७.९७ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भयो । जो, ५.३८ प्रतिशतले कम हो । आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म टुंगिएको र अन्तिम सम्झौता गर्नमात्रै बाँकी रहेको बताएका थिए । उनले यसका लागि अमेरिका, इरान तथा मध्यपूर्वका अन्य देशहरूबीच अझै छलफल हुने बताएका थिए । प्रस्तावित योजनाअनुसार ६० दिनको युद्धविराम विस्तार,...
पार्टी एकताका लागि शेखर कोइरालाका ५ प्रस्ताव

पार्टी एकताका लागि शेखर कोइरालाका ५ प्रस्ताव

राजनीती
काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान र एकताका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीभित्र १५औं महाधिवेशन, क्रियाशील सदस्यता अद्यावधिलाई लिएर विवाद चर्किरहेका बेला कोइरालाले सहमतिमार्फत पार्टीलाई एकताबद्ध बनाउने प्रस्ताव राखेका हुन् ।कोइरालाले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिलाई अनिवार्य नगर्न प्रस्ताव गरेका छन् । उनले १४औं महाधिवेशनपछि नवीकरण र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा आगामी महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।त्यस्तै, उनले १४औं महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै संरचना बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । कार्यसम्पादन समितिको गठनमा भने सभापतिको बहुमत रहने गरी संरचना बनाउनुपर्ने उनको सुझाव छ ।साथै, निर्वाचन समिति, क्रियाशील सदस्य...
तोलामा १ हजार ९ सयले बढ्यो सुनको मूल्य

तोलामा १ हजार ९ सयले बढ्यो सुनको मूल्य

अर्थ
  काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार ९ सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला २ लाख ९० हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने २ लाख ९२ हजार ८ सय तय भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा १४० ले बढेको छ । आइतबार प्रतितोला ५ हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने ५ हजार १५० निर्धारण भएको छ ।...
नेप्से परिसूचकमा २७. ८५ अंकको वृद्धि

नेप्से परिसूचकमा २७. ८५ अंकको वृद्धि

अर्थ
कारोबार भएकामध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । काठमाडौं — धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक आज झण्डै २८ अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८५ अंकले उकालो लागेर २ हजार ७८६ दशमलव ३५ मा पुगेको छ । यो १ प्रतिशत बराबरको वृद्धि हो । ठूला कम्पनीको कारोबारमापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३ दशमलव ८५ अंकले उकालो लागेर ४७५ दशमलव ७४ मा पुगेको छ । कारोबार भएकामध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको भने घटेको छ । कूल ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मूल्यमा खरिदबिक्री भएको छ । कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, रिडी पावर कम्पनी, अपि पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी र ङयादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा...
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

राजनीती
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ नगर्न आदेश दिएको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकारमा पर्ने भन्दै सर्वोच्च अदालतले यो आदेश जारी गरेको हो । ११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।...
कानुन व्यवसायीको शुल्क निर्धारण गर्न राप्रपा सांसद लामाको माग

कानुन व्यवसायीको शुल्क निर्धारण गर्न राप्रपा सांसद लामाको माग

समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कानून व्यवसायीहरूको सेवा शुल्क निर्धारण गर्न र उनीहरूलाई करको दायरामा ल्याउन सरकारसँग माग गरिन् । उनले राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दालाई दुःख दिने खालका कानूनहरू खारेज गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद लामाले झुटा मुद्दा लगाउनेहरूलाई कानूनी दायरामा ल्याई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन् । ११ जेठ, काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले कानुन व्यवसायीहरूको पनि सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छिन् ।सोमबार सिंहदरवारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन् ।न्यायका लागि सेवा शुल्क अति महंगो भएकाले सरकारले कानुनव्यवसायीहरूको सेवा शुल्क निर्धारण हुनेगरी तत्काल कानुन नि...
देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

राजनीती
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु गरेको छ ।उक्त समूहले धनगढीमा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणको लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ लेखिएको ब्यानरमा भेला सुरु गरेको हो । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिएको भेलामा देउवा समूहका रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत, केदार कार्कीलगायत नेताहरू सहभागी छन् ।  ...