प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोच्नुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमा विवादका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
कांग्रेस उपसभापति शर्माले, \"देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोचेर बोल्नुपर्छ । संवेदनशील कूटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,\" भनेका छन् ।
प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि शर्माले रास्वपाको धारणा माग गरेका छन् ।
१७ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमा विवादको विषयमा प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।सामाजिक सञ्जालमार्फत शर्माले प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोच्नुपर्ने बताएका हुन् ।उनले कूटनीतिक प्रश्नमा संयम र परिपक्कता झनै जरुरी हुने बताएका छन् । उनले यसबारे प्रधानमन्त्रीको पार्टी रास्वपाको धारणा पनि माग गरेका छन् ।प्...





