Shadow

समाचार

इनार खन्ने क्रममा एकको मृत्यु

इनार खन्ने क्रममा एकको मृत्यु

समाचार
महोत्तरीको गौशाला नगरपालिका–१२ पडरियामा आज इनार खन्ने क्रममा निस्सासिएर सर्लाहीका २२ वर्षीय मजदुर वसन्तकुमार महतोको मृत्यु भएको छ । जमीनमुनि करिब ३६ फिट तल काठको ठूटो काट्न छिरेका महतोको निस्सासिएर बेहोस भएपछि अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । १७ जेठ, जलेश्वर (महोत्तरी) । महोत्तर जिल्लाको गौशाला नगरपालिका– १२ पडरिया गाउँमा आज इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाही, ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय मजदुर वसन्तकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।जमिनको सतहदेखि करिब ३६ फिट तल काठको ठूटो काट्नका लागि ईनारभित्र पस्दा उनको निस्सासिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोलेले बताए । इनारभित्र निस्सासिएर बेहोस भएका महतोलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि  ईश्वरपुर नगर अस्पत...
पशुमाथि क्रुरता : जोत्दाजोत्दै थकित गोरु पछारियो, खाल्डो खनी मुख पुरिदिए

पशुमाथि क्रुरता : जोत्दाजोत्दै थकित गोरु पछारियो, खाल्डो खनी मुख पुरिदिए

समाचार
यसै त चर्को गर्मी । त्यसमाथि दिनभरी जोतिएर थाकेको थियो, गोरु । गोरुले हलो तान्न सकेन । तैपनि लाठीले कुटिरह्यो । लाठीको चोट भन्दा पनि बढी थियो उसको पीडा । गलेको शरीरले खुट्टा चाल्न सकेन । अनि आजित भई ऊ भुँइमा पछारियो ।तर, पछारिएर पनि धर पाएनन् । गोरु जोत्ने पुरुषले उसको मुख अघिल्तिर खाल्डो खनिदियो र त्यसमा मुख गाडेर माटोले पुरिदियो । त्यसै त सास फेर्न कठिन भइरहेको उसलाई कस्तो भयो होला ?यसरी गोरुमाथि क्रूर व्यवहार गर्ने व्यक्ति हुन्, जालीराम थापामगर । उनले यसको भिडियो बनाएर फेसबुकमा राखेका छन् । उनको प्रोफाइलमा स्थायी घर, प्युठान भएको उल्लेख छ ।जोत्दाजोत्दै थाकेको गोरुमाथि उनले किन यस्तो गरे ? त्यहाँ कुनै जवाफ छैन । बरू तिनीहरूले त्यसमा क्याप्सन लेखेका छन्, ‘एआईलाई सोधेर सिकौं भनेको टावर भए पो ।’ पछिल्लो समय ‘भाइरल’ हुने होडमा मान्छेले पशुमाथि अनेक क्रूर व्यवहार गर्न थालेका छन् । यस्ता घट...
आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

समाचार
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् । प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् । उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरुले रोकेका थिए । रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उनको हात समातेर रोकेका थिए । तर आशिका शान्त नभएपछि रन्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बाहिर लगेका छन् ।...
हरेक बिहान धनियाँ पानीको सेवन गर्दा के-के हुन्छ फाइदा ?

हरेक बिहान धनियाँ पानीको सेवन गर्दा के-के हुन्छ फाइदा ?

समाचार
बिहान खाली पेटमा धनियाँ भिजाएको पानी पिउँदा शरीरबाट हानिकारक विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत मिल्छ। धनियाँ तरकारी‍, अचारमा स्वाद बढाउनका लागि मात्रै होइन राम्रो गन्ध मात्र होइन, औषधीय गुणले समेत भरिपूर्ण हुन्छ । आयुर्वेदमा पनि धनियाँको दाना फाइदाको बारेमा चर्चा गरिएको छ । धनियाँको दानामा फाइबर, क्याल्सियम, तामा, म्याग्नेसियम, फलाम र भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइन्छ । धनियाँको दानालाई पानीमा भिजाएर यो पानी पिउनाले धेरै स्वास्थ्य लाभहरू प्राप्त हुन्छन् । बिहान खाली पेटमा धनियाँ पानी पिउनाले शरीरमा धेरै प्रभाव पार्छ। १.पाचन सुधार गर्छ हरेक बिहान खाली पेटमा धनियाँ पानी पिउनाले पाचन इन्जाइमहरू सक्रिय हुन्छन् । यसले पेट फुल्ने, अपच र भारी हुने जस्ता समस्याहरूबाट छुटकारा पाउन मद्दत गर्छ । ३.प्राकृतिक डिटक्स धनियाँ पानीले राम्रो डिटक्स वाटरको रूपमा काम गर्छ । यसले ...
मधेश सरकार : स्वास्थ्यमन्त्रीबाट जंगीलाल राय हटाइए, नरेन्द्र साह नियुक्त

मधेश सरकार : स्वास्थ्यमन्त्रीबाट जंगीलाल राय हटाइए, नरेन्द्र साह नियुक्त

समाचार
१२ जेठ, जनकपुरधाम । नेपाली कांग्रेसको अनुशासन समितिबाट स्पष्टीकरण सोधिएका जंगीलाल रायलाई मधेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट हटाइएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज गरेको मन्त्री परिषद् पुनर्गठन तथा विस्तारको क्रममा रायलाई हटाएका हुन् ।रायको ठाउँमा कांग्रेसबाटै नगेन्द्र साहलाई स्वास्थ्यमन्त्री नियुक्त गरिएको छ । साह रौतहटबाट निर्वाचित सांसद हुन् । उनले आजै नवनियुक्त मन्त्रीहरूसँगै पद तथा गोपनियताको शपथ लिएका छन् ।चुनावमा चलखेल गरेको भन्दै केही समयअघि मात्रै मन्त्री रायसँग कांग्रेसको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो ।...
कानुन व्यवसायीको शुल्क निर्धारण गर्न राप्रपा सांसद लामाको माग

कानुन व्यवसायीको शुल्क निर्धारण गर्न राप्रपा सांसद लामाको माग

समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कानून व्यवसायीहरूको सेवा शुल्क निर्धारण गर्न र उनीहरूलाई करको दायरामा ल्याउन सरकारसँग माग गरिन् । उनले राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दालाई दुःख दिने खालका कानूनहरू खारेज गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद लामाले झुटा मुद्दा लगाउनेहरूलाई कानूनी दायरामा ल्याई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन् । ११ जेठ, काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले कानुन व्यवसायीहरूको पनि सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छिन् ।सोमबार सिंहदरवारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन् ।न्यायका लागि सेवा शुल्क अति महंगो भएकाले सरकारले कानुनव्यवसायीहरूको सेवा शुल्क निर्धारण हुनेगरी तत्काल कानुन नि...
पोखराको फिर्केखोलाका संरचना हटाउन चल्यो डोजर (तस्वीरहरू)

पोखराको फिर्केखोलाका संरचना हटाउन चल्यो डोजर (तस्वीरहरू)

समाचार
१० जेठ, पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका संरचना हटाउन डोजर चलाइएको छ । वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केको संरचना हटाउएर महानगरले करिडोर बनाउने अभियान थालेको हो ।पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको हो । पहिलो चरणमा जिराे किमी र सिर्जना चाेककाे बीचमा फिर्केमाथि बनेका संरचना हटाइएको छ । यहाँबाट सुरु भएको डोजरले लायन्सको भवनबाट भत्काउँदै वडानम्बर ६ तर्फ आउने छ ।अर्को डोजरले वडा नम्बर २ र १८ को सिमाना अँधेरी कुनादेखि संरचना भत्काउन सुरु गरी वडा वडा नम्बर ४ तर्फ आउने छ । अर्को डोजरले वडा नम्बर ४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिरदेखि भत्काउन सुरु गरी वडा नम्बर ५ र ८ तर्फ आउने छ ।२०८० साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदनअनुसार खोलाघर...