Shadow

कला/साहित्य

उन्मेषको कविताले दलित संघर्षलाई उजागर गर्छ

उन्मेषको कविताले दलित संघर्षलाई उजागर गर्छ

कला/साहित्य
तपाईं कुन जातका हो दाइ ? (बालकृष्ण लाल 'उन्मेष' को कविताको नेपाली अनुवाद) "म दलित हुँ, सर!" होइन, मेरो मतलब, कुन वर्गमा पर्नुहुन्छ भनेर सोधेको! म त तपाईंका गालीभित्र पर्छु,फोहोर नालीभित्र पर्छु,र छुट्टै राखिएका थालभित्र पर्छु, सर! त्यसो भए, तपाईं हिन्दु धर्मअन्तर्गत पर्नुहुन्छ? पर्छु, सर! तर तपाईंको चुनावको बेला मात्र। के खानुहुन्छ दाइ? "दलितले जे खान्छ, त्यही खान्छु, सर!" होइन, मेरो मतलब, तपाईं के खानुहुन्छ? म तपाईंका कुटाइहरू खान्छु,ऋणको भारी खान्छु,अवस्था धेरै गाह्रो हुँदाकहिले नुनसँग, कहिले अचारसँगभात मिसाएर खान्छु, सर! मलाई त लाग्यो, तपाईं कुखुराको मासु खानुहुन्छ! खान्छु, सर! तर तपाईंको चुनावको बेला मात्र। के पिउनुहुन्छ दाइ? "दलितले जे पिउँछ, त्यही पिउँछु, सर!" होइन, मेरो मतलब, तपाईं के पिउनुहुन्छ? म छुवाछुतको पीडा पिउँछु,टुटेका सपनाको श...
कविता : रातको अन्तिम हरफ

कविता : रातको अन्तिम हरफ

कला/साहित्य
रात फेरि विस्तारै पृथ्वीमाथि ओर्लिरहेको छ। आकाशले आफ्नो नीलो उज्यालो समेटेर कालो रेशमी च्यादर ओढिसकेको छ। शहरका भीडहरू निदाइसके, गल्लीहरू सुनसान छन्, झ्याल बाहिर बगिरहेको हावाले पनि आफ्नो थकानलाई मौनतामा विसर्जन गरिसकेको छ। तर यी सबै नि:स्तब्धताभित्र पनि मेरो मनमा एउटा आवाज जागिरहेको छ अत्यन्त मन्द, तर अत्यन्त गहिरो, त्यो आवाज तिम्रो हो ! अनि त्यही क्षण, मलाई थाहै नदिई, मेरो कलमले फेरि तिम्रै नामतिर बग्न थाल्छ। म धेरै बेरसम्म खाली कागजलाई हेरिरहन्छु। शब्दहरू आउँछन्, तर तिमीलाई लेख्न खोज्नेबित्तिकै ती सबै शब्दहरू आफ्नो अर्थ गुमाएर मौन बन्छन्। किनकि तिमीलाई वर्णन गर्नु कुनै साधारण प्रेमकथा लेख्नुजस्तो होइन, तिमीलाई लेख्नु भनेको आफ्नो आत्माभित्र लुकेको एउटा अधुरो ब्रह्माण्डलाई धीरे–धीरे उजागर गर्नु ह...
अबको सत्ताले गर्विलो कलासाहित्यको उच्च सम्मानका साथ समृद्धिको यात्रा तय गरोस् …!

अबको सत्ताले गर्विलो कलासाहित्यको उच्च सम्मानका साथ समृद्धिको यात्रा तय गरोस् …!

कला/साहित्य
धैर्यको बाँध टुटेपछि उज्यालोको आसमा मौन बसेको चेतन शक्ति पनि भेलबाढी बनेर बग्दो रहेछ भन्ने सत्यको प्रामाणिक पहेलीका हामी सबै साक्षी हौँ । यसमा नेपाल आमाले गत भदौ २३ र २४ गते ७५ जना डिजिटल युगका होनहार युवाहरू गुमाउनुपर्‍यो । आफ्नो डिजिटल अधिकार नखोसियून र भ्रष्टाचारहीन रोजगारीयुक्त सुशासन कायम होस् भन्ने माग राख्दै अघि बढेका युवाहरूको हुङ्कारसामु सत्ता नै घुँडा टेक्न बाध्य बन्यो र देशको शासन व्यवस्थामा दुई दिनमै कायापलट भयो जो विश्वइतिहासमै चामत्कारिक नौलो घटना बन्यो । यद्यपि यसबेला बगेको भेलमा हुन सक्छ, बिचैबाट मिसिएको आगोको बाढीले सिंहदरवारजस्तो ऐतिहासिक धरोहर, अदालतजस्तो भौतिक संरचनासहित त्यहाँको संवेदनशील दस्ताबेजसँगै अन्य थुप्रै भौतिक संरचनाहरू तहसनहस बनायो । मौकामा चौका हान्दै अपराधीहरू जेल तोडेर भागे जसले गर्दा देशको अन्तर्राष्ट्रिय छवि केही हदसम्म धमिलिन पुग्यो । फेरि पनि लुटेराले ...
मोहनविक्रम ‘गोकुल वाङ्मय’ पुरस्कारबाट सम्मानित

मोहनविक्रम ‘गोकुल वाङ्मय’ पुरस्कारबाट सम्मानित

कला/साहित्य
लेखनाथ, जेठ ९ गते  ।गोकुल वाङ्मय पुरस्कारबाट साहित्यकार एवम् समालोचक मोहनविक्रम सिंहलाई सम्मान गरिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व सिंहलाई शनिबार पोखरामा आयोजित समारोहमा नगद ४० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।गण्डकी साहित्य सङ्गमले सञ्चालन गर्ने यो पुरस्कार जनकवि गोकुल जोशीको ९७ औं जन्मजयन्तीको अवसरमा प्रदान गर्ने गरिएको छ ।कार्यक्रममा सम्मानित व्यक्तित्व सिंहले गोकुल जोशी नेपालको प्रगतिशील साहित्यको महान् विभूति भएको उल्लेख गर्नुभयो । “गोकुल जोशीको नामबाट स्थापना गरिएको पुरस्कारबाट सम्मानित हुनु आफ्ना लागि गौरवको विषय हो,” सिंहले भन्नुभयो, “जोशीले साहित्य सिर्जनाद्वारा समाज र जीवनमा परिवर्तनका लागि गरेको त्याग हाम्रा लागि अनुकरणीय छ ।” जोशीका रचनामा जीवनको दर्शन र क्रान्तिको उद्घोष पाइने बताउँदै सिंहले जोशीसँग भएका भेटहरुको चर्चा गर्नुभयो । वि.सं. १९९२...