Shadow

प्रदेश

बजेटमा सुदूरपश्चिमः पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

बजेटमा सुदूरपश्चिमः पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

प्रदेश
महेन्द्रनगर : सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास गर्ने र सुदूरमै पहिलोपटक एमबिबीएसको पढाइ सुरु गर्ने घोषणा गरेको छ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आव २०८३र८४ को बजेट प्रस्तुत गर्दै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबीएससहित चार विधाका शैक्षिक कार्यक्रम सुरु गर्ने घोषणा गर्नुभयो । स्वास्थ्य शिक्षा विस्तार र प्रदेशस्तरीय चिकित्सा जनशक्ति उत्पादनलाई लक्ष्य राख्दै एमबिबीएससहितका कार्यक्रम सुरु गर्ने बजेटमा उल्लेख गरिएको छ ।त्यसैगरी, रामारोशन, खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा र मालिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिमा विशिष्ट पर्यटकीय चर्तुर्दिक विकास अघि बढाइने आगामी बजेटको प्राथमिकतामा रहेको छ । बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमान्ड क्षेत्र विस्तार गरिने भएको छ भने कञ्चनपुरमा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्...
बागमतीमा घट्यो मन्त्रालयको संख्या, १४ बाट ८ बनाउने निर्णय

बागमतीमा घट्यो मन्त्रालयको संख्या, १४ बाट ८ बनाउने निर्णय

प्रदेश
हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङ का अनुसार प्रशासनिक संरचनालाई मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यले ६ वटा मन्त्रालय समायोजन गरिएको हो ।नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहनेछ...
जसपाका मन्त्रीहरू मधेस सरकारबाट बर्खास्त

जसपाका मन्त्रीहरू मधेस सरकारबाट बर्खास्त

प्रदेश
जनकपुरधाम : मधेश प्रदेश सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरे पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका मन्त्रीहरू बर्खास्त भएका छन्।मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै जसपा नेपालका मन्त्रीहरूलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।नयाँ सत्ता समीकरणअनुसार बाराबाट निर्वाचित एमाले सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ। उनलाई बिहीबार राति प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ गराएका छन्। यससँगै मधेश प्रदेश सरकारबाट जसपा नेपालका तीन मन्त्री बाहिरिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तथा श्रम तथा यातायातमन्त्री मनिष सुमनलाई पदमुक्त गरिएको हो। मुख्यमन्त्री यादवले सत्ता समीकरण परिवर्तन हुने सङ्केत गर्दै यस...
कोशी प्रदेशमा कानुन अभिलेखीकरण प्रणालीको शुभारम्भ

कोशी प्रदेशमा कानुन अभिलेखीकरण प्रणालीको शुभारम्भ

प्रदेश
विराटनगर :  कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबाट हालसम्म जारी भएका कानुनहरुको डिजिटल अभिलेखीकरण सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा निर्माण गरेको “कानुन अभिलेखीकरण प्रणाली” को धनकुटाको हिलेमा आयोजित अभिमुखीकरण कार्यक्रममार्फत औपचारिक शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले प्रदेश सरकारले पहिलो पटक कानुन अभिलेखीकरण प्रक्रिया सुरु गरेको बताए । उनले यस प्रणालीले प्रदेश र स्थानीय तहबीच विधायिकी अन्तरसम्बन्ध कायम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री पराजुलीले प्रदेश र स्थानीय तहले जारी गरेका सम्पूर्ण कानुनलाई एउटै डिजिटल प्रणालीमा आबद्ध गर्ने मन्त्रालय र महासंघको संयुक्त प्रयास अन्य प्रदेशका लागि समेत उदाहरणीय बन्...
मधेशमा ध्वनि प्रदूषण रोक्न डीजे बाजा नियन्त्रण गर्ने निर्णय

मधेशमा ध्वनि प्रदूषण रोक्न डीजे बाजा नियन्त्रण गर्ने निर्णय

प्रदेश
१७ जेठ, जनकपुरधाम मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेशमा बढ्दै गएको डीजे आतंक तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने भएको छ ।मधेशको आठवटै जिल्लामा डीजे नियन्त्रण गर्ने निर्णय गरेको हो । ध्वनि प्रदूषण नियन्त्रणका लागि सार्वजनिक स्थलमा प्रयोग हुने डीजे तथा अन्य अत्यधिक आवाज निकाल्ने उपकरणलाई सुरक्षा निकायको समन्वयमा नियन्त्रण गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने लगायतको निर्णय पनि बैठकले गरेको छ ।यसका लागि प्रहरीलाई निर्देशन दिइसकेको गृहमन्त्री फकिरा महतोले बताए ।बैठकले मधेश भवनको सुरक्षा व्यवस्थापन, कर्मचारी आवास क्षेत्रको व्यवस्थापन, गुठी जग्गा संरक्षण, फुटपाथ अतिक्रमण नियन्त्रण तथा जनकपुरधाम परिक्रमा क्षेत्रमा मदिरा बिक्री वितरण नियन्त्रणलगायत विषयमा निर्णय गरेको छ।मन्त्रालयले मधेश भवन परिसरको समग्र सुरक्षा संवेदनशीलताको सूक्ष्म अध्ययन गरी विस्तृत ‘सुरक्षा मानक सञ्चालन कार्यव...
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

प्रदेश
जनकपुर : मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै मेधश प्रदेश सरकारमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी सहभागी भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएका छन् । विस्तार भएको मन्त्रिपरिषद्मा युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएको छ भने मनोज कुमार सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ । नागेन्द्र शाहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने विना विभागीय मन्त्रीको रुपमा रहेका मोहम्मद समीरलाई भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।...