Shadow

विश्व

रणवीर सिंहलाई भारतीय फिल्म प्राविधिकको संस्थाले लगायो प्रतिबन्ध

रणवीर सिंहलाई भारतीय फिल्म प्राविधिकको संस्थाले लगायो प्रतिबन्ध

विश्व
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह र निर्देशक फरहान अख्तर बीच ‘डन ३’ फिल्मलाई लिएर विवाद चुलिएको छ । फिल्मबाट अचानक बाहिरिएपछि भारतीय चलचित्रकर्मीको संस्था ‘फेडरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज’ (एफडब्लुआइस) ले सिंहविरुद्ध ‘नन-कोअपरेशन’ अर्थात् असहयोगको निर्देशन जारी गरेको छ ।संस्थाले पटक-पटक छलफलका लागि बोलाउँदा पनि रणवीरले उपस्थित नभएको आरोप लगाएको छ । एफडब्लुआइसका प्रमुख सल्लाहकार अशोक पण्डितका अनुसार अख्तरले अप्रिल ११ मा संस्थामा उजुरी दिएका थिए ।छायांकन सुरु हुन तीन सातामात्र बाँकी रहँदा रणवीरले फिल्म छाडेको उनको भनाइ छ । त्यसपछि फरहान र निर्माता रितेश सिधवानीको कम्पनी एक्सेल इन्टरटेनमेन्टलाई बोलाएर घटनाबारे जानकारी लिइएको थियो । रितेश स्वयं उपस्थित भएका थिए भने फरहान लन्डनबाट जुममार्फत जोडिएका थिए । संस्थाका अनुसार फिल्मको प्रि-प्रडक्सनमा होटल बुकिङ, लोकेसन, विदेश भ्रमणसहित द...
सुरक्षा चिन्ताका कारण इटालीले रोक्यो कान्ये वेस्ट र ट्राभिस स्कटका कन्सर्ट

सुरक्षा चिन्ताका कारण इटालीले रोक्यो कान्ये वेस्ट र ट्राभिस स्कटका कन्सर्ट

विश्व
  इटालीका अधिकारीले सुरक्षा र सार्वजनिक शान्तिसम्बन्धी चिन्तालाई आधार बनाउँदै अमेरिकी र्‍यापर कान्ये वेस्ट (ये) र ट्राभिस स्कटका निर्धारित कन्सर्टहरू सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेका छन् ।उत्तरी इटालीको रेज्जियो एमिलिया सहरमा आगामी जुलाई १७ र १८ मा आयोजना हुने यी कार्यक्रम अब नहुने भएको हो । स्थानीय यहुदी समुदायले गायक वेस्टको प्रस्तुति रद्द गर्न माग गरेपछि यो निर्णय गरिएको जनाइएको छ ।स्थानीय यहुदी समुदायकी नेतृ निकोलेट्टा उज्जिएल्लीले संगीतलाई फेरि सबैलाई जोड्ने साझा शक्तिका रूपमा अगाडि ल्याउने कार्यक्रम आयोजना गर्न आग्रह गरेकी थिइन् । कान्ये वेस्ट विगत केही वर्षदेखि यहुदीविरोधी, जातीय विभेदकारी तथा नाजी समर्थक अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन् । यिनै कारणले उनलाई हालै बेलायत प्रवेश गर्नसमेत रोक लगाइएको थियो। ‘ये’ नामबाट परिचित वेस्टले ट्राभिस स्कट, द च...
अमेरिकी सरकारमा इलन मस्कको ‘ग्रोक’ असफल

अमेरिकी सरकारमा इलन मस्कको ‘ग्रोक’ असफल

विश्व
इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ‘एक्सएआई’ ले खर्बौ डलरको एआई बजार कब्जा गर्ने दाबी गरेको छ। यसै दाबीका आधारमा मस्कका कम्पनीहरूको बजार मूल्याङ्कन निकै उच्च राखिएको छ। तर एक्सएआईको ‘ग्रोक’ च्याटबोट अमेरिकी सरकारमा पूर्ण रूपमा असफल भएको छ। रोयटर्सले सरकारी कागजात र अधिकारीहरूसँग गरेको कुराकानीबाट यो तथ्य बाहिर आएको हो। सरकारी तथ्याङ्कले के देखाउँछ? सन् २०२५ को सरकारी रेकर्ड अनुसार अमेरिकी संघीय एजेन्सीहरूमा एआई प्रयोगका ४०० भन्दा बढी उदाहरणहरू छन्। तीमध्ये केवल तीनवटा ठाउँमा मात्र ग्रोक एआईको प्रयोग भएको पाइएको छ। यसको विपरीत २३४ वटा काममा ओपनएआईको च्याटजीपीटी र माइक्रोसफ्ट कोपाइलट प्रयोग भएका छन्। त्यस्तै ३३ वटा काममा गुगलको जेमिनी र २६ वटा काममा एन्थ्रोपिकको ‘क्लोड’प्रयोग भएका छन्। एक्सएआईले अमेरिकी सरकारी एजेन्सीहरूलाई आकर्षित गर्न ग्रोकको शुल्क प्रति एजेन्सी म...
मध्यपूर्व तनाव कम हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

मध्यपूर्व तनाव कम हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

विश्व
  काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी अधिकारीहरुले शान्ति वार्तामा प्रगति भइरहेको जानकारी दिएपछि सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । पश्‍चिम एशिया क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने चर्चासँगै मूल्य घटेको हो । सोमबार एक समय वेस्ट टेक्सास कच्चा तेल घटेर ९१.२५ अमेरिकी डलरमा कारोबार भयो । जो झन्डै ५.५३ प्रतिशतको गिरावट हो । त्यस्तै ब्रेन्ट कच्चा तेल पनि  एक समय  ९७.९७ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भयो । जो, ५.३८ प्रतिशतले कम हो । आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म टुंगिएको र अन्तिम सम्झौता गर्नमात्रै बाँकी रहेको बताएका थिए । उनले यसका लागि अमेरिका, इरान तथा मध्यपूर्वका अन्य देशहरूबीच अझै छलफल हुने बताएका थिए । प्रस्तावित योजनाअनुसार ६० दिनको युद्धविराम विस्तार,...
ह्वाइट हाउस नजिक चल्यो गोली, एक जनाको मृत्यु

ह्वाइट हाउस नजिक चल्यो गोली, एक जनाको मृत्यु

विश्व
काठमाडौं । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसनजिकै तैनाथ सुरक्षाकर्मीमाथि शनिबार साँझ गोली चलाएको घटनामा एक बन्दुकधारीको मृत्यु भएको छ ।अमेरीकी सिक्रेट सर्भिसले प्रहरी अधिकारीहरूले जवाफी कारबाहीमा गोली चलाउँदा शंकास्पद व्यक्तिलाई लागेको र उनलाई स्थानीय अस्पताल पुर्‍याइएकामा पछि मृत्यु भएको जनाएको छ ।सिक्रेट सर्भिसका अनुसार, घटनामा कोही अधिकारी घाइते भएका छैनन् । त्यहाँ उपस्थित एक सर्वसाधारणलाई पनि गोली लागेको थियो । तर, ती पीडितको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिइएको छैन । नाम नखुलाउने सर्तमा एक सुरक्षा अधिकारीले पत्रकारलाई बताएअनुसार, ती शंकास्पद व्यक्ति मानसिक रूपमा विचलित र उनलाई यसअघि नै टाढा बस्ने आदेश जारी गरिएको थियो ।गोलीबारीको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए । आक्रमणको निसाना उनी नै थिए वा थिएनन् भन्ने खुल्न सकेको छैन ।ट्रम्पले शनिबार साँझ नै स...