Shadow

मधेश सरकार : स्वास्थ्यमन्त्रीबाट जंगीलाल राय हटाइए, नरेन्द्र साह नियुक्त

१२ जेठ, जनकपुरधाम । नेपाली कांग्रेसको अनुशासन समितिबाट स्पष्टीकरण सोधिएका जंगीलाल रायलाई मधेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट हटाइएको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज गरेको मन्त्री परिषद् पुनर्गठन तथा विस्तारको क्रममा रायलाई हटाएका हुन् ।रायको ठाउँमा कांग्रेसबाटै नगेन्द्र साहलाई स्वास्थ्यमन्त्री नियुक्त गरिएको छ । साह रौतहटबाट निर्वाचित सांसद हुन् । उनले आजै नवनियुक्त मन्त्रीहरूसँगै पद तथा गोपनियताको शपथ लिएका छन् ।चुनावमा चलखेल गरेको भन्दै केही समयअघि मात्रै मन्त्री रायसँग कांग्रेसको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *