मधेशमा ध्वनि प्रदूषण रोक्न डीजे बाजा नियन्त्रण गर्ने निर्णय
१७ जेठ, जनकपुरधाम
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेशमा बढ्दै गएको डीजे आतंक तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने भएको छ ।मधेशको आठवटै जिल्लामा डीजे नियन्त्रण गर्ने निर्णय गरेको हो । ध्वनि प्रदूषण नियन्त्रणका लागि सार्वजनिक स्थलमा प्रयोग हुने डीजे तथा अन्य अत्यधिक आवाज निकाल्ने उपकरणलाई सुरक्षा निकायको समन्वयमा नियन्त्रण गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने लगायतको निर्णय पनि बैठकले गरेको छ ।यसका लागि प्रहरीलाई निर्देशन दिइसकेको गृहमन्त्री फकिरा महतोले बताए ।बैठकले मधेश भवनको सुरक्षा व्यवस्थापन, कर्मचारी आवास क्षेत्रको व्यवस्थापन, गुठी जग्गा संरक्षण, फुटपाथ अतिक्रमण नियन्त्रण तथा जनकपुरधाम परिक्रमा क्षेत्रमा मदिरा बिक्री वितरण नियन्त्रणलगायत विषयमा निर्णय गरेको छ।मन्त्रालयले मधेश भवन परिसरको समग्र सुरक्षा संवेदनशीलताको सूक्ष्म अध्ययन गरी विस्तृत ‘सुरक्षा मानक सञ्चालन कार्यव...








