Shadow

तोलामा १ हजार ९ सयले बढ्यो सुनको मूल्य

 

काठमाडौँ

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार ९ सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला २ लाख ९० हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने २ लाख ९२ हजार ८ सय तय भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १४० ले बढेको छ । आइतबार प्रतितोला ५ हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने ५ हजार १५० निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *