Shadow

प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोच्नुपर्छ : विश्वप्रकाश शर्मा

  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमा विवादका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
  • कांग्रेस उपसभापति शर्माले, \”देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोचेर बोल्नुपर्छ । संवेदनशील कूटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,\” भनेका छन् ।
  • प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि शर्माले रास्वपाको धारणा माग गरेका छन् ।

१७ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमा विवादको विषयमा प्रधानमन्त्री बालेन शाहले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।सामाजिक सञ्जालमार्फत शर्माले प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोच्नुपर्ने बताएका हुन् ।उनले कूटनीतिक प्रश्नमा संयम र परिपक्कता झनै जरुरी हुने बताएका छन् । उनले यसबारे प्रधानमन्त्रीको पार्टी रास्वपाको धारणा पनि माग गरेका छन् ।प्रधानमन्त्री बालेनले आज संसद्‌मा भारतले नेपालको भूमि मिचिरहेको मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको आफूले हालसालै थाहा पाएको बताएका थिए ।

देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोचेर बोल्नुपर्छ । संवेदनशील कूटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,’ शर्माले लेखेका छन्, ‘सरकार बालेनको मत प्रधान कि `व्यक्ति बालेन´को मत मुख्य ? रास्वपाको धारणा के हो ? सीमा मिचेका हौं कि मिचाइमा परेका हामी थप विभक्त हुन लागेका हौं ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *