१७ जेठ, काठमाडौं । नेपालले पनि भारतको जमिन मिचेको प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रष्टता खोजेको छ । यो विषय तथ्य सहित आउनुपर्ने उसको आग्रह छ ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’ सीमा विवादको विषयमा दुईपक्ष बसेर हेर्ने पनि उनको प्रतिबद्धता थियो ।यसमा कांग्रेकी प्रमुख सचेतक वासना थापाले प्रष्टता खोजेकी हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीले ‘नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ’ भन्नुभयो । यहाँ कहाँनेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्’ उनले भनेकी छन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनपर्यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’
